7.1.14

देश बिकास हुँदै छ

गणतन्त्र आइसकेपछी जनताले धेरै अपेक्षा राखेका थिए । सबै भन्दा ठुलो अपेक्षा भनेकै बिकास थियो । जुन जनताले प्रतक्ष अनुभब गर्न नपाएको गुनासो सर्वसाधारणमा ब्यापक छ । यो कुरो सरकारले नबुझेको पनि हैन र बुझपचाएको पनि हैन । सरकार आफ्नो कर्ममा डटेर लागिपरेको छ । जनताहरु सानोतिनो बाटोघाटो पानी बिजुली संचार आदिमा अल्झेर बसेका छन । तर त्यस्को लागि सरकारले के कस्तो ब्यबस्था गर्दै छ भन्ने जनताले अनुमान लगाउन सकेका छैनन । सरकार अहिले देश बिकासको लागि सर्प्राइज प्याकेज सहितको योजनामा जुटेको छ । काम शुरु नगरुन्जेल सम्मको लागि सरकारका सबै महत्वाकांक्षी आयोजनाहरु गोप्य नै राख्ने सरकारको निर्णय अनुसार अहिले सम्म कतै पनि सुचना चुहावाट गरिएको छैन । तर विश्वस्त श्रोतका अनुसार केही महत्वाकांक्षी आयोजनाहरु यस प्रकार छन । 

१) काठमान्डुका साँघुरा सडकहरुलाई मध्यनजर गर्दै उपत्यकाका सम्पूर्ण ट्यक्सीहरु हटाउने निर्णय गरिएको छ । संभबत बिक्रम सम्बत २०७६ सम्म यो योजना पूर्णतया कार्वन्वयनमा आउने छ । ट्याक्सीको सट्टा अमेजन डट कमलाई ड्रोन बनाउनको लागि प्रस्तव आब्ह्वान गरिसकिएको छ । एउटा ड्रोनमा कम्तिमा चार जना बस्न सकिने छ र जहाँ उत्रनु पर्ने हो त्यहाँको ठेगाना आफ्नो सिट अगाडिको स्क्रिनमा टाइप गरी या भ्वाइस डिटेक्टर मार्फत ल्यान्ड गराउन सकिने छ । आफुलाई आबस्यक परेको स्थान सम्म ड्रोन मगाउनको लागि ड्रोन कन्ट्रोलर महाशाखाको टोल फ्री नम्बरमा फोन गर्दा आफु भएको स्थान जिपिएस मार्फत अटोमेटिक रुपमा ड्रोनको जिपिएस सिस्टममा कनेक्सन हुनेछ । सुरुमा परिक्षणको लागि २०७४ मा १०० थान् ड्रोन ल्याइँदै छ । यदी सफल भएमा क्रमस: पोखरा, बिराटनगर, नारायणगढ र बिरगन्जमा पनि बिस्तार गरिने छ ।
 
२) विश्वका हरेक बिकशित् शहरमा मेट्रो रेलको सन्जाल छ । त्यसैले नेपालमा नभएपनी यो खासै नौलो प्रबिधी नभएकोले गर्दा यस्को बिकल्पमा मेट्रो बोट सन्चालनमा ल्याउनको लागि बृस्तीत अध्ययन शुरु गरिसकिएको छ । यस अन्तर्गत काठमान्डौका हरेक भूमिगत ढलहरुको प्रयोग गरिने छ | मेलम्चीको पानी काठमान्डौमा आइसकेपछि ढलमा पानी प्रशस्त हुने छ र भूमिगत बोटको लागि प्रयाप्त हुने छ । हाल रहेका भूमिगत ढलहरुको गोलाई फराकिलो बनाइ त्यसमा शुरुमा परम्परागत डुंगा संचालन गरिने छ र केहि समय पछी मोटरबोट संचालन गरिने छ ।

३) विश्वमा नै नभएको नौलो प्रयोग अन्तर्गत देशका हरेक नागरिकलाइ आधुनिक डिजिटल परिचय पत्र वितरण गरिने छ । सो परिचय पत्र मल्टी प्रपोज युक्त बनाइने छ । जग्गाको लालपुर्जाको विवरण देखि लिएर बैंकको एटिएम कार्डको रुपमा समेत सोहि कार्ड प्रयोग हुनेछ । त्यसमा लगाइएको माइक्रो चिप्सको मदतले तपाइँ रहेको स्थानको विवरण समेत दिने छ । साथसाथै सो चिप्स वाइफाई सिग्नलको लागि प्रयोग हुने छ । उक्त कार्ड बोकेर देशको जुनसुकै ठाउँमा पुगेपनि तपाइँ वाइफाई कनेक्सनमा जोडिनुहुने छ । यसको लागि बजेट बिनियोजन भैसकेको कुरो बिभिन्न मिडियामा आइसकेको छ ।

४) अहिले भैरहेको बिध्युत आपुर्तीको अभाबलाइ पूर्ति गर्नको लागि विश्वमै नौलो प्रबिधिको बृस्तीत अध्यन अन्तिम चरणमा पुगेको छ र आंशिक सफलता पाइसकेको छ । रोनास्टका बैज्ञानिकहरुको समुहले मानब उर्जा चिप्स तयार गरेको छ । नाडीघडीको पिंधमा राखेर घडी संगै बाँध्न सकिने उक्त चिप्सले मानिसमा रहेको उर्जालाइ संचित गरेर विद्युतीय प्रवाह उत्पन्न गर्ने छ र घडीसँगै रहेको अत्यन्तै पावरफुल सुपरमाइक्रो बेट्रीमा उक्त बुध्युत संकलन हुने छ । औषतमा २४ घण्टामा प्रति व्यक्ति पाँच युनिट बिद्युत उत्पादन हुने छ । उक्त बेट्रीलाइ घरमा रहेको मेघा कन्भर्टरमा जोडेपछि टिभी, कम्प्युटर, फ्रिज, ओभन, वाशिंग मेशिन आदि चलाउन सकिने छ । घरायसी प्रयोजनको लागि आबस्यक बिद्युत यस प्रबिधि बाट सजिलै उत्पादन गर्न सकिने छ र अहिले उत्पादन हुँदै आएको जलाबिध्युत पूर्णतया उद्योग कलकारखानाको लागि मात्र वितरण गरिने छ ।

५) नेपालमा अहिले भैरहेको पेट्रोलियम पदार्थको घाटा पूर्ति तथा काठमान्डूको सरसफाई अभियानको लागि अत्यन्तै महत्वाकांक्षी योजना अघि बढाएको छ । यसको लागि काठमान्डौको टुँडिखेलमा बिशाल केन्द्रीय हगनशालाको निर्माण गरिने छ र हरेक काठमान्डौ बासीले प्रत्यक दिन उक्त हगनशालामै दिसा पिसाब गर्नु पर्ने छ । यसको पूर्ण कार्वन्वयनको लागि काठमान्डौ बासि हरेकलाइ सरकारले ताला चावी वाला कट्टु उपलब्ध गराउने छ । उक्त कट्टु खोल्नको लागी साँचोको आवस्यकता पर्ने छ र उक्त साँचो केन्द्रीय हगनशालामा मात्र हुने छ । तसर्थ कसैले पनि चिटिङ् गर्न सक्ने छैन । गल्लि मोहल्लामा कसैले दिसा पिसाब गर्न सक्ने छैन ।  उक्त काठमान्डौ बासीको मलमुत्र प्रयोग गरेर सरकारले ग्यास उत्पादन गर्ने छ र सोहि ग्यास नेपाल आयल निगमले एलपीजी ग्यासको सट्टा बेच्ने छ । साथसाथै काठमान्डौमा चल्ने सम्पूर्ण सवारी साधन पनि सोहि ग्यास बाट सन्चाल गरिने छन् र विदेशको पेट्रोल डिजेलमा भर पर्नु पर्ने छैन । साथै बचेको छोक्रा बाट प्राङ्गारिक मल उत्पादन गरि कृषि क्षेत्रमा पनि अत्यन्तै उपलब्धि मुलक परिबर्तन गरिने छ । भारतीय मलको भर पर्नु पर्ने छैन र देशमै अर्गानिक कृषि उत्पादन हुने छ ।

यसै गरि अन्य धेरै क्षेत्रमा सरकारले अहिले अनुसन्धानको काम द्रुत गतिमा बढाएको छ । बाँकी योजनाहरु अर्को ब्लगमा लेखिने छ । धन्याबाद ~

20.9.13

हामी


हामी कहिल्ले पनि प्रगती गर्दैनौँ र गर्ने पनि छैनौ । किन कि हामी सँग उत्तर पनि छैन समस्या समाधान गर्नको लागी । हामी समस्या यस्मा छ समस्या उस्मा छ भनेर समस्या देखाएर 'समस्या विद्वान' बन्न खोजिरहेका छौँ । सक्छौँ भने एउटा समस्याका तिन्टा बैकल्पिक हल खोजे हुन्न ? हामी उत्तर खोज्न छाडेर समस्या खोजेरै हिरो हुन किन खोजिरहेका छौँ ? " हो ! कुरो को चुरो यही हो !! ''समस्या हामीमै छ ।'' मत्लब, हामी गम्भिर छैनौ र तमासे बन्दै छौँ, त्यै तमासेमा आफ्नो अब्बल तमासेको अस्तित्व खोजिरहेका छौँ ।''
पहिलो उदाहरणको कुरा ट्विटर् बाट सुरु गरौँ: हामी कृयटिभ छैनौँ । हामी दोधारे/तेधारे/चौधारे छौँ । यस्को मत्लब हामीमा आत्म विश्वाश छैन । हामीलाई 'हिरो' हुनु छ । त्यो पनि फलोवरको माझ । हामी अरु कसैका हैनौँ, हामीलाई 'जिम्मेवारी' पूर्ण ट्विट् गर्नु जरुरी छैन । मान्नुस्, तपाइँलाई खोकी लाग्यो, खोक्नलाई ट्वाइलेट् पस्नुन्छ कि बाहिर आँगनमा खोक्नुन्छ कि सार्वजनिक मैदान प्रयोग गर्नुन्छ ? फरक त्यत्ती हो। हामी आफ्ना शब्द अरुको 'पसन्द'को लागि खर्चिन्छौँ भने हामी न त हाम्रा लागी हौँ न त अरुका लागी ! केवल एक्छिनका वाहवाहिका पात्र ।
दोश्रो 'कुरो' ट्विटरको : ट्विटर् चलाऊने मान्छे असाधारण मान्छे हुन । उनिहरु समाजका अगुवा या एक पाइला समय भन्दा पहिले नै चालेका ब्यक्ती हुन । उदाहरण मिडिया (पत्रीका, समाचार पोर्टल)लाई लिन सकिन्छ । फलानाले ट्विटरमा यस्तो भन्यो, चिलानाले उस्तो भन्यो, ढिस्कानाले त्यस्तो भन्यो। फलाना चौबिसै घण्टा ट्विटरमा हुन्छ, चिलानाले अकेजनली ट्विट् गर्छ । फलानाले ट्विटर् बाट राष्ट्रको चिन्ता ब्यक्त गर्छ, चिलनाले राजनैतिक् चिन्तन । ट्विटर् चलाऊने नेपाली विद्वान हुन ।
फलानाले कार्यालयको समय र नेट दुरुपायोग गरेर राष्ट्रको चिन्ता ट्विटरमा पोखेको कसैले देख्यो ? लेख्यो? चिलानाले 'हावा छेकेको' (बनवटी दर्शन) कसैले अनुभब गर्‍यो ? काम नपा'काहरुको गफाडी तोर्पेहरुको झुन्ड हो ट्विटर् भनेर कस्ले कहिले बुझ्ने ?
के कारण छ यसरी महत्व दिनलाई ? नेपाली 'सोसियल मिडिया' भनेको फेसबुक लगभग नाम सुनेका सबैको र ट्विटर् भनेको पत्रकार, इन्जिनियर लगाएत बार्हथरी ह्यसट्याग लगाएर 'बायो' बनाउने केही छट्टुहरुले मात्र प्रयोग गरेको हैन ? तिनका कुरालाई प्राथमिकता किन ? समाचार भनेको घटना, दुर्घटना, सुचना, जानकारी आदी सर्बसाधारणमा सुचित गर्ने साधन हैन ? फलाना ट्विटेले बिहान ६ बजे दिसा गर्छ फलानाले साँझ ६ बजे चिया पिउँछ भन्ने 'फिचर' बनाएर बस्नु हो? अहिले केही नयाँ पत्रीका 'अन्लाइन पोर्टल' लगाएत छापाकाले ट्विटरमा कुनै ट्विट् प्रयोगकर्ताले 'जुराएको' ट्विट् छाप्ने परम्परा चल्दै छ । छापिएका एक ट्विटले त्यो ट्विट् प्रयोगकर्ताको पुरा प्रक्रिती उजागर गर्न सक्छ ? राम्रा राम्रा 'कोटेसन' लेख्न जो पनि माहिर हुन्छन । त्यसैको आधारमा मान्छेको पुरै 'नेचर' बिश्लेषण हुँदै छ । शायद यो नेपालमा मात्र हो । 'राम्रा ट्विट्' जुराउने सामान्य भन्दा खराब हुन्छन । (म एक एक उदाहरण र सबुद दिन सक्छु )
हामी (नेपाली) साँस्कृतिक रुपले नै अतिनै सामाजिक छौँ । त्यसमाथी अहिले बिकास भएको सोसियल मिडियाले झन बढी सामाजिक बनाएको छ । कतिपय ठाउँमा चाहिने भन्दा बढी दयालु बनाएको छ । पहिले कोही मर्दा आफन्त मात्र रुने ठाउँमा शब्दजाल सहित् अप्लोड हुने फोटोले सबैलाई रुवाएको छ। सामान्य घाऊ लागेको मान्छेले लाखको सान्त्वना र कामना सहित् करोडको उपचार् खर्च पाएको छ । तर हामीले आँफैले आँफैलाई एक पटक सोध्न समय पाएका छैनौँ, यो ठीक हो कि हैन भनेर !
हुन त घाँटी हेरी हाड निल्नु हो । हाम्रो औकात अनुसारकै गरेका हौँ । विश्व उत्तर आधुनिक काल पार गर्दै छ । हामी कहाँ छौँ ? 'आफ्नै दुनियाँमा' ।
हामीले सामाजिक सन्जाललाई यती सम्म दुरुपयोग गरेका छौँ कि ! हामी आँफै साँघुरिँदै गएका छौँ । हामीलाई हाम्रा वरिपरिका ४ जनाको वाहवाहि भए पुग्छ । ट्वाइलेट् बसेको बेलामा फुरेको शब्दजाल कुनै पत्रीकाले समाचारको अभाबमा स्थान पुर्तिको लागी छापिदिँदा वरिपरिका ४ जना साथी भेला गरेर पार्टी गर्ने बहाना बन्छ । त्यै शब्दजालले हामीलाई साहित्यकार देखी विद्वान र चिन्तक बनाउँछ ।
यस् अर्थमा भन्दा : हामीले आफुलाई चिनेका छौँ, हाम्रो औकात हामी आफुलाई थाहा छ । तर अर्कालाई 'देखाउन' उद्दत छौँ । हामी नफलेको हाँगो हौँ । कहिले जबर्जस्ती नुहेको अभिनय गर्छौ, कहिले अर्कैले टुप्पो समातेर नुहाएकोमा सन्तोष र गर्व गर्छौ ।


3.7.13

एकाङ्की

(द्रिश्य) : भित्तो कोपरेर टाँसेको जस्तो देखिने चिटिक्कको टिबेटियन घर चिटिक्क परेका भित्ता -साना साधारण झ्याल। झ्यालमा हल्का गुलाबी रङका पर्दा। भित्र कोठामा एउटा सोफा। छेउमा टेबलमा मेक-अपका केही सामान भित्तामा झुँड्याइएका स्त्री भित्री बस्त्रहरु  
सोफामा एक जना चिटिक्क परेका मठारीएका जुँगा भएका अर्धबैसे पुरुष बडो कौतुहलताका साथ बसेका छन यत्तिकैमा एक जना टिबेटियन् (भोटिनी) को प्रबेश हुन्छ (भोटिनिले पारदर्सी टिसर्ट जस्तो गाउन पहिरेकी छे। भित्री बस्त्र छर्लङ्गै देखिएको )
एका एक बातावरण कामुक हुन्छ  
सोफामा बसेका अर्धबैँसेले कालो मोटो डन्डाधारी चेस्मा घिरौँला जत्रो नाकको डाँडी बाट नाकको टुप्पो तिर सर्काउँदै चेस्मा भन्दा माथिबाट नाङ्गो आँखाले पुलुक्क भोटिनीलाई पहिलो नजरबाँण प्रहार गर्छन् तर त्यो बाँण फनक्क घुमेर उनैको घेँत्रामा लागेर दर्फराउँदै जान्छ अर्धबैँसे अहम अहम गर्दै हल्का काँस्दै घेँत्रो मुसार्चन तीन दिन देखिका पसिनाको लेघ्रो निस्किन्छ घेँत्राबाट बटार्दै लुँडो बनाएर मुख अगाडि लगेर फुऊऊ गर्दै फुकेर उडाउँचन  
अर्धबैसे भोटिनिको चिल्लो शरीर देखेर दङ्दास् पर्चन तर भेउ पाउन्नन कसरी बोल्ने भन्ने ! नेपाली के बुज्थी मोरिले ! अङ्रेजी आफुले नि राम्रो सँग भेउ पाउन्न टिबेटियन् कसरी आओस !! 
अर्धबैसे को मुख खुला को खुला हुन्च यत्तिकैमा एउटा टिबेटि माखो उनको मुखभित्र भ्र्मन गरेर फर्किन्छ त्यो देखेसी भोटिनिले कुरो बुझ्छे आँफै बोल्न अघी सर्छे
भोटिनी : आब्बोइ !! दोँ दा गास्दो हेन्सम राइजा बाइ !! सार्मागो जास्दो जा !! ना सार्मा ना सार्मा !! 
अर्धबैँसे : (घोप्टो मुन्टो लाएर, चेस्मा भन्दा माथिबाट टुलुटुलु हेर्दै) सर्माको छैन, खित्खित्खित्खित !
भोटिनी : देसो भाए आइजा ना नाजिग !!
(अर्धबैसे सर्दै नजिक जान्छन। मग्मग बासना आउनी चाइनिज सस्तोखाले पर्फ्युम झेल्दै अर्ध बैसेले सुउउउस्त भोटिनीकै काननेर मुख जोडेर मधुउउउउउरो स्वरमा : खित्खित्खित्खित कस्ती राम्री बाइ तिमी !! यस्तो चिल्लो पँहेलो छाला मैले नेपालाँ देखेकै थिईन बरु तिम्ले नेपाली बोल्न कसरी जान्यौ
भोटिनी : आब्बोइ नि हाउ !! हाम्रो दा गाराग नै साबाइ नेपाली नाइ हो आबो नाजानेरा गे गार्नु दा !! मोलाई दा नेपाली गाली नि साबोइ आउँजा हो !! दोँ बोइला जोडी 'गो जास्दो जा नि हो जुँगे बुडो !!
अर्धबैसे : खित्खित्खित्खित पहिलो चोटि हो। नेपाली गाली चाँही कस्ले सिकाइद्यो नि ?
भोटिनी : गुरो नागारुम् हाउ जुँगे बुडो ! सारो रिस उठेरा पो आउँजा तो होइ !! याउडो बदमाश मोन्जे थ्यो होइ ! नाम पानि गुले कि क्या पो थ्यो। गालाङ्गी हाओ गि गाँ हाओ फ्यान्सी पासाल राख्या छुँ भान्थ्यो पहिले पहिले ता आग्गो आइ गार्थ्यो जाइल्लेइ पैसा ठगेरा जान्थ्यो काम साग्गाएसी ट्वाइलेट् जान्जा मो भन्दै फुत्ता भाग्थ्यो आजा भोली आउना छाड्यो  
अर्धबैसे : खित्खित गुले हैन कुलु होला  
भोटिनी : खाइ ~~ गुले हो गि गुलु हो त्यो ठग ! सारो बाद्मास् पो छा तो होइ !! 
केहीछिन सन्नाटा छाउँछ  
भोटिनी : ओई जुँगे बुडो ! तोइँले पानि तेस्ताइ गार्ने दा होइनास नि ? मो दा पाइसा नालीईगिना ता ट्वाइलेट् जाना नि दिन्ना होइ !! त्यो गुले फटा ले जाम्गाको छा !
अर्धबैसे : (भोटिनीको काननेर मुख लगेर मसिनो स्वरमा फुस्फुसाउँदै) खित्खित्खित ठुउउउउउलो मान्छे हो। काठमान्डुमा युएफओ भन्नि ठुउउउलो दुकानको मालिक हो। खित्खित्खित सँग धेएएएएएएएएरै पैसा ~~ 
भोटिनी : (जङ्गिँदै) तोँ बुडाको चाला निको लागेना होइ मोलाई !! त्यो गुलेले पानि देस्ताइ भान्थ्यो। गालाङ्गीमा ठुउउउलो दोकान छा भान्थ्यो लास्टाँ ठागेर गायो !! 
अर्धबैसे : नक्खत दिन्छु
भोटिनी : (अर्धबैसेको तिघ्रापिँडौला तिर मुसार्न थाल्छे ) आब्बोइ नि हाउ !!! मोइले दा आन्वारमा मात्रा होला यस्को कपाल भनेकी दा साबै ठाउँमा उस्दाइ राइजा !!! ओई बुडा !! दोँ हाफ पायन्टा लाएर बाइरा नानिस्गी होइ !! मान्छेले 'चौँरी गाई' भन्ठानेरा तोँलाई घारमा ले'रा गएरा तेरो दुद दुहुन्छा !!! 
अर्धबैसेलाई सारो झोँक चल्छ भोटिनिले हेपेर जिस्काएको सहन नसकेर रिसले चुर भएर सिधै झ्यालबाट हाम फालेर भाग्छन् साला खासाले नि ख्याँस्यो भन्दै रन्थनिदै तातोपानी तिर लाग्छन भोटिनी हेरेको हेरेइ हुन्छे  

29.5.13

ब्यक्तित्व


सबैका आ-आफ्नै पारा हुन्छन । आ-आफ्नै व्यबहार हुन्छन । आ-आफ्नै सुर्ता र ध्याउन्न हुन्छन । कुनै ब्यक्ती एक पटक भेटेको या सामान्य बोलाई मा उसको वास्तविकता थाहा हुँदैन । त्यसैले यहाँ वास्तविकता प्रस्तुत गर्न खोजेको पनि हैन । ब्यक्ती तोकेरै भनिएपनी सिरियस रुपमा नलीइयोस भन्ने बिनम्र अनुरोध गरिन्छ ।
केही समय अघी देखी म ट्विटर् नामक 'उत्तर आधुनिक सामाजिक' सन्जाल ट्विटर् प्रयोग गर्न थालेँ । मेरो सर्कल एक्दमै सानो छ । त्यसैले सानो सर्कलका केही ट्विटेहरुको गुण यहाँ पस्कन मन लाग्यो ।
नाम हरु क्रम मिलाएर लेखिएको छैन । जो -जो मनमा आयो उसैको बारेमा हल्का बर्णन गर्ने जमर्को गरिएको छ । गार्हो पिरो औसर माफ ।
आकार अनिल : उहाँलाई आजभोलि गुगल अनिल पनि भन्ने गरिन्छ । ट्विटरमा भर्चुल वर्ल्डको विद्वानको रुपमा प्रस्तुत       हुनुन्छ । उहाँको बिशेषता भनेको आफुले नदेखेको या नभोगेको बस्तुको अस्तित्व स्विकार्नुहुन्न ।
अनन्त कोइराला : शरीरमा मासुको अस्तित्व जोगाइराख्नको लागि अनबरत रुपमा संघर्षशिल ब्यक्तित्व हुनुन्छ । बजारमा सुनिएको हल्ला अनुसार उहाँलाई उपत्यकाका मेडिकल कलेजहरुले आफ्ना विद्यार्थी हरुलाई पढाउँदा अस्थिपन्जर प्रणाली को डेमोको लागि भाडामा प्रयोग गर्ने गर्दछन ।
कुलरिम्स : उहाँलाई तिघ्रा बिशेषज्ञ को रुपमा सबैले चिनेपनि उहाँ अद्वितिय प्रतिभाको धनी ब्यक्तित्व हुनुन्छ । बिशेष रुपमा उहाँलाई जननीयन्द्रिय प्रेमी को रुपमा चिनिन्छ । कुनै बिषयमा एक ट्विट् कसैले गर्‍यो भने त्यस्लाई लम्बाइ चौडाइ गरेर दिन्भर एकोहोरो ट्विट् गर्ने सामर्थ्य राख्नुहुन्छ । श्रोतका अनुसार उहाँले नजानेको कुरो केही छैन रे ।
हरी न्यौपाने : उहाँले शुभाषिस् नदेका ब्यक्ती ट्विटर् मा भेट्न गार्हो छ रे ।बिश्वस्त श्रोतका अनुसार उहाँले हालसाल शुभाशिषको नयाँ भर्षन सुरु गर्न लाग्नु भएको छ रे । हरेक शुभषिशको अगाडि 'फुली' उपहार । दिनमा कम्तिमा २५ थान जती शुभषिश नदिए सम्म उहाँलाई खाना रुच्दैन रे । दुनियाँको फ्री बिज्ञापनको भर पर्दो माध्यम बनेकोले कसै कसैले उहाँलाई रत्नपार्कको भित्तो पनि भन्ने गर्छन् ।
सन्जीव: कुनै बिबादित या बिबाद हुन सक्ने 'कन्ट्रोभर्सी" टाइप ट्विट् सुरु गरेर दुनियाँ लडाएर तमासा हेर्न माहिर ब्यक्तित्व । आफु पर्दा पछाडि बसेर अगाडि मन्चमा तमासा मच्च्याइदिन सक्ने मान्छे भनेर चिनिन्छ । हनुमानको पुच्छरमा आगो लाइदेर लंका पठाउने मान्छे उहाँ नै हो भन्ने किस्सा पनि बजारमा सुनिन्छ ।
साँहिलादाइ : गब्बर सिङको प्यासा आत्मा घुसेको मान्छे भनेर चिनिन्छ । आद्मी को गिन्ती मा बिशेष दक्खल राख्नु हुन्छ ।
नेपालडाएरी : देशका होनहार युबा ब्लककार भनेर चिनिन्छ । उहाँले बाटोमा हिँड्ने मान्छेले यसो घुरेर हेर्यो भने सिधै 'ब्लक गर्दिम?' भन्नुहुन्छ भन्ने हल्ला बजार भरी छ ।
बाबाजी: नाम बाबाजी भए पनि उहाँ खाँटी ॠषिमुनी हुनुन्छ । उहाँलाई नजिक बाट चिन्नेले दुर्बासा ॠषि भनेर चिन्ने गर्दछन । उहाँको रिस टुप्पिमा छ त्यसैले कपाल हमेसा लामो रहन्छ भन्ने युक्ती छ ।
नारायण अमृत : उहाँलाई प्यासा साहित्यकार भनेर चिनिन्छ । उहाँले गाली गर्दा पनि कबितामै गाली गर्नुन्छ भने सुत्दा पनि कबिता नै ओढेर सुत्नु हुन्छ ।
लेनिन बन्जाडे : उहाँलाई मौका छोपुवा ट्विटे भनेर पनि चिनिन्छ । बजारको माहोल हेरेर सान्त्वना बटुल्ने खाले ट्विट् गर्न रुचाउनु हुन्छ ।
गौरव : उहाँ सिजनल ट्विटे हुनुन्छ । कसै कसैले कुम्भकर्ण ट्विटे भनेर पनि चिन्दछन । उहाँले छ महिना लगातार ट्विटरमा बिताउनु हुन्छ भने छ महिना गुप्तबास बस्नुहुन्छ ।
समीरमणी दिक्षित : नासाले रकेट प्रक्षेपण गर्नु भन्दा अगाडि उहाँ सँग अन्तरिक्षको मौसम बारे जानकारी लिएर मात्र निर्णय गर्ने गर्दछ । उहाँ खाटमा सुतेर खाटमुनीको मौसम बताउन सक्ने अद्भुत मौषमबिद हुनुन्छ । बजारमा सुनिने हल्ला अनुसार उहाँले एउटा आँखाले मात्र हेरेर पनि मौषम पुर्बानुमान् गर्न सक्नुहुन्छ ।
जनक राजा : उहाँ हाइ टेम्पर धारी ट्विटे अन्तर्गत पर्नुहुन्छ । उहाँको काम भनेको नेतालाई गाली गर्नु नै प्रमुख हो। आफुलाई मन नपरेको हरेक अकाउन्ट स्पाम गर्दिने उहाँको मुख्य उदेश्य हो। ट्विटर् हेड्क्वाटरका अनुसार स्पाम रिपोर्टमा आउने ७५% भन्दा बढी अकाउन्ट जनकराजाले गरेको स्पाम रिपोर्ट हुन्छन रे ।
बरुण कम्पनी : संसारमा कतै प्रयोग नहुने सामानको उत्पादन गर्दछ उहाँको कम्पनिले । चाहिने कुरा कहिल्ले नगर्ने हुनाले उहाँलाई ट्विटरको गलगाँड भनेर पनि चिनिन्छ ।
निरज: उहाँ बर्षमा दुई पटक डिपि परिवर्तन गर्नुन्छ । यस्को मत्लब उहाँले बर्षमा दुई पटक दारी काट्नुहुन्छ । एउटा दारी सहीतको जुलुङ्गो जस्तो डिपि र अर्को दारी काटेको चुसिएको चिउरिको खोस्टा जस्तो डिपि राख्नु नै उहाँको ट्विटर् उदेश्य हो भन्ने हल्ला बजारमा जताततै सुनिने गर्दछ ।
भुपाल आर. राउत : हावा छेक्न मा माहिर ब्यक्तित्व हुनुन्छ । नेपाल उर्जा सँस्थानले उहाँको टाउकोमा पंखा जोडेर विन्ड इनर्जीको लागि प्रयास गर्दै छ ।
पागलबस्ती: आफ्नो तालु र ट्विट् बिचमा समान्जस्यता कायम राख्नको लागि प्राय खाली ट्विट् गर्नुन्छ । बजारमा चलेको हल्ला अनुसार ट्विटरमा को नयाँ छिर्यो, कस्ले नयाँ फेक अकाउन्ट बनायो आदीको लेखाजोखा राख्ने ट्विट् चित्रगुप्त भनेर पनि उहाँलाई चिन्ने गर्दछन ।
अझै धेरै मित्रहरु छुट्नुभएको छ । छुटेका मित्रहरुको ब्यापक अनुसन्धान पछी उहाँहरुको बारेमा पनि पछी अप्डेट हुन सक्ने छ ।

17.5.13

जय रेखा


मेरे करन आएङ्गे ! मेरे अर्जुन आएङ्गे !! भन्या जस्ता तोर्पे तोरिलाउरे रुन्चे, पिन्चे डाइलगका साथमा याँत्त पर्या ओइलेको साग जस्तो रुन्चे तथा कुटिल सेन्टी अन्वार मात्र मानसपटलमा आउने बानी पर्या थ्यो 'रेखा' नाम सुन्ने बित्तिकै । तर बितेका केही बर्षले 'रेखा' शब्दको अर्थ नै सोझाइदेको थ्यो । नाम सुन्दै नै शरीरको बक्र रेखा सिधा भैजान्थ्यो । छबीराजको फिलिम 'हिरो' मा 'तिम्रो मन त चक्कु छुरी ' भन्दै कम्मर मर्काउँदै अन्वारको नखरा झार्दा देखी नै म उनको सेक्सी फ्यान भैसकेको थिएँ । यौटै गीत हेरेको भरमा मैले उनको उज्यालो भबिस्य झल्झली देखेको थिएँ । तर अफसोश ! मैले उनको यौटै फिलिम हेरेको छैन आजका दिन सम्म । फिलिम नहेर्नुको कारण नेपाली फिल्म मन नपर्नु पनि हैन , रेखा मन नपर्नु पनि हैन । मलाई डर थ्यो उनको फिलिम हेरेँ भने स्योर मेरो मन परिवर्तन हुने छ । म उनको फ्यान रहने छैन । कैले काहीँ उनका फिल्मका गीत युट्युबबाट हेर्दा उनका ति रसिला तिघ्रा कम्प्युटरको मोनिटर बाट बाहिरै आएर हल्लिएको जस्तो भान हुन्थ्यो । उनको झाँते फर्सी जस्तो नितम्ब "3D" इमेज बनेर मेरो अन्वारमा ठोक्किन आउँथ्यो । उनको पातली कम्मर तीन हात परै छँदा उनका उभार युक्त बक्षस्थल् मेरो टाउका माथि मडराउँथे । उनका पुक्क उठेका सेक्सी गाला देख्दा अन्तका गाला पनि यस्तै पुक्क उठेका होलान भन्दै कल्पनामा रमाउथेँ । कैले काहीँ तिनको अन्तर्वाताहरु आउँदा यस्तो लाग्थ्यो: साक्ष्यात परी झरेर प्रबचन दिँदै छिन । उन्ले आफ्नै पतिलाई "ड्याड'' सम्बोधन गर्दा त लाग्थ्यो यि साक्ष्यात देवी हुन । यिनलाई नाता सम्बन्धको मान्यताको 'मा बेहेन' गर्नलाई स्वर्ग बाट ईन्द्रले खुद पठाएका हुन । अनी लाग्थ्यो : यिनले छोर्छोरी नपाउनाको कारण पनि आफ्नै "ड्याड'' बाट जन्माएका बच्चा लाई छोरा-छोरी भन्ने कि भाई बहिनी भन्ने ! त्यै कन्फ्युजनले बच्चा उत्पादन नगरेकी होलिन । अनी फेरी सोँच्थेँ : बिचरी भर्खर १६ बर्ष त भईन, यती कलिलो उमेरमा बच्चा जन्माउदा आमा र बच्चा दुबैलाइ असर गर्ने भएर होला ।
अब रेखा ले ड्याडी नै परिवर्तन गरिन रे । स्मल ड्याडी बाट बिग ड्याडी । वास्तवमा मलाई एउटा कुरा पहिले देखी नै चित्त बुझेको थिएन, छबीराज मान्छे ठीक थिएनन । उनी परिश्रमि खालका मान्छे थिए । मिडियामा आउन त्यती नरुचाउने, काम गरिरहने । रेखालाई त्यस्तो मान्छे सुहाउँदैनथ्यो । अहिले नयाँ बिग ड्याडी र रेखाको सोँचाइ , गराइ सबै एक्दमै मिल्छ । आहा ~~ रेखा अब 'काम्रेड रेखा' भईन । म जस्तो जन्मकाल देखी माओवादीको कट्टर बिरोधीलाई समेत सोँच्न वाध्य पारीन । म अब देखी माओवादी हुन्छु । काम्रेड रेखाले सम्हाल्ने मोर्चाको सदस्य बन्छु । आहा ~~~ कती मजा आउला त्यो दिन !!! म युद्दमा जान्छु । काम्रेड रेखा सँगै जङ्गल पस्छु । मङ्गल गर्छु । भरुवा बन्दुककै भरमा करोडौँ शोषक सामन्त चेपागाँडा मार्छु । मलाई विश्वाश छ रेखाको मोर्चामा म मिसिएँ भने बन्दुक कहिल्लेइ झुक्ने छैन । हमेसा गोली लोड भएर सोझीईरहने छ । जय रेखा काम्रेड !

12.5.13

संबाद


दाई : ओहो ! फुली सर सञ्चै ?
सर : सञ्चै भन्नुपर्‍यो :))
दाई : कित्तने अद्मी थे ?
सर : गुगल गरौँ न !
दाई : यसो बसेर च्या स्या खाँदै गफ गरौँ न सर ।
सर : गुगल बाट डाउनलोड गरौँ?
दाई : सार्हो तिर्खा पो लाग्यो त 'फुली' (फुली साइलेन्ट), सर ! यसो पानी खाउँ न कतै गएर ।
सर : दिखाबे पे मत जाओ । अपनी अकल लगाओ । स्प्राइट बुझाए प्यास । बाँकी सब बकबास ।
दाई : बत्तमिज ।
सर : :))
दाई : कोइ फुलिले साथ नदे'नी आज दारु चढाइन्छ ।
सर : म छँदै छुँ नि दाई !
दाई : यो फुली एडिएसएल मेरोमा मात्र यस्तो हो कि अरुकोमा पनि ?
सर : गुगलमा सर्च गरौँ न !
दाई : फुली
सर : :))
दाई : कित्तने आद्मी थे ?
सर : ))
दाई : एउटा गहन कुरो सोध्ने मन लागेको थ्यो। कृपया ध्यान दिएर सुनिदिनुहोला!
सर : :))
दाई : आज लेक्चर कत्तिको गयो ?
सर : खासै गएन । यसो हल्का फुल्का मात्र देको।
दाई : सरका हल्का फुल्का पनि बीस किलोका हुन्छन ।
सर ::))
दाई : सरलाई हामी जस्ता आउरे झाउरे सँग बोल्ने मन छैन होला !
सर : त्यस्तो हैन , तपाईं त महान हुनुन्छ । तपाईंका हल्का फुल्का कुरा मलाई सार्है घत् पर्छन ।
दाई : सरलाई पनि हल्का फुल्का ?
सर : त्यस्तो हैन , हल्का फुल्कामा पनि दम हुन्छ ।
दाई : फुली
सर : :))
दाई : सरको समाजशास्त्रको दर्शनले बर्तमान राजनीतिलाई कसरी हेर्छ ?
सर : राजनीति र समाज एक आपसका पारिपुरक् १/४
सर : हुन। हरेक समाज राजनीतिमा इन्भल्ब हुनु पर्दछ भन्ने २/४
सर : मलाई लाग्दैन जस्तो लाग्छ मेरो आफ्नो बिचार मा ३/४
सर : म गलत पनि हुन सक्छु । ४/४
दाई : 'फुली' (फुली साइलेन्ट) सरको भनाइ एक शब्दमा राख्दिनुस् न !
सर : ब्लगमा लेख्ने छु ।
दाई : कुरो गर्न नआएपछी अनेक नाटक गर्छन् मान्छेहरु ।
सर : यस बारेमा कुनै दिन बसेर गफ गरौँला ।
धन्याबात्