हामी कहिल्ले पनि प्रगती गर्दैनौँ र गर्ने पनि छैनौ । किन कि हामी सँग उत्तर पनि छैन समस्या समाधान गर्नको लागी । हामी समस्या यस्मा छ समस्या उस्मा छ भनेर समस्या देखाएर 'समस्या विद्वान' बन्न खोजिरहेका छौँ । सक्छौँ भने एउटा समस्याका तिन्टा बैकल्पिक हल खोजे हुन्न ? हामी उत्तर खोज्न छाडेर समस्या खोजेरै हिरो हुन किन खोजिरहेका छौँ ? " हो ! कुरो को चुरो यही हो !! ''समस्या हामीमै छ ।'' मत्लब, हामी गम्भिर छैनौ र तमासे बन्दै छौँ, त्यै तमासेमा आफ्नो अब्बल तमासेको अस्तित्व खोजिरहेका छौँ ।''
पहिलो उदाहरणको कुरा ट्विटर् बाट सुरु गरौँ: हामी कृयटिभ छैनौँ । हामी दोधारे/तेधारे/चौधारे छौँ । यस्को मत्लब हामीमा आत्म विश्वाश छैन । हामीलाई 'हिरो' हुनु छ । त्यो पनि फलोवरको माझ । हामी अरु कसैका हैनौँ, हामीलाई 'जिम्मेवारी' पूर्ण ट्विट् गर्नु जरुरी छैन । मान्नुस्, तपाइँलाई खोकी लाग्यो, खोक्नलाई ट्वाइलेट् पस्नुन्छ कि बाहिर आँगनमा खोक्नुन्छ कि सार्वजनिक मैदान प्रयोग गर्नुन्छ ? फरक त्यत्ती हो। हामी आफ्ना शब्द अरुको 'पसन्द'को लागि खर्चिन्छौँ भने हामी न त हाम्रा लागी हौँ न त अरुका लागी ! केवल एक्छिनका वाहवाहिका पात्र ।
दोश्रो 'कुरो' ट्विटरको : ट्विटर् चलाऊने मान्छे असाधारण मान्छे हुन । उनिहरु समाजका अगुवा या एक पाइला समय भन्दा पहिले नै चालेका ब्यक्ती हुन । उदाहरण मिडिया (पत्रीका, समाचार पोर्टल)लाई लिन सकिन्छ । फलानाले ट्विटरमा यस्तो भन्यो, चिलानाले उस्तो भन्यो, ढिस्कानाले त्यस्तो भन्यो। फलाना चौबिसै घण्टा ट्विटरमा हुन्छ, चिलानाले अकेजनली ट्विट् गर्छ । फलानाले ट्विटर् बाट राष्ट्रको चिन्ता ब्यक्त गर्छ, चिलनाले राजनैतिक् चिन्तन । ट्विटर् चलाऊने नेपाली विद्वान हुन ।
फलानाले कार्यालयको समय र नेट दुरुपायोग गरेर राष्ट्रको चिन्ता ट्विटरमा पोखेको कसैले देख्यो ? लेख्यो? चिलानाले 'हावा छेकेको' (बनवटी दर्शन) कसैले अनुभब गर्यो ? काम नपा'काहरुको गफाडी तोर्पेहरुको झुन्ड हो ट्विटर् भनेर कस्ले कहिले बुझ्ने ?
के कारण छ यसरी महत्व दिनलाई ? नेपाली 'सोसियल मिडिया' भनेको फेसबुक लगभग नाम सुनेका सबैको र ट्विटर् भनेको पत्रकार, इन्जिनियर लगाएत बार्हथरी ह्यसट्याग लगाएर 'बायो' बनाउने केही छट्टुहरुले मात्र प्रयोग गरेको हैन ? तिनका कुरालाई प्राथमिकता किन ? समाचार भनेको घटना, दुर्घटना, सुचना, जानकारी आदी सर्बसाधारणमा सुचित गर्ने साधन हैन ? फलाना ट्विटेले बिहान ६ बजे दिसा गर्छ फलानाले साँझ ६ बजे चिया पिउँछ भन्ने 'फिचर' बनाएर बस्नु हो? अहिले केही नयाँ पत्रीका 'अन्लाइन पोर्टल' लगाएत छापाकाले ट्विटरमा कुनै ट्विट् प्रयोगकर्ताले 'जुराएको' ट्विट् छाप्ने परम्परा चल्दै छ । छापिएका एक ट्विटले त्यो ट्विट् प्रयोगकर्ताको पुरा प्रक्रिती उजागर गर्न सक्छ ? राम्रा राम्रा 'कोटेसन' लेख्न जो पनि माहिर हुन्छन । त्यसैको आधारमा मान्छेको पुरै 'नेचर' बिश्लेषण हुँदै छ । शायद यो नेपालमा मात्र हो । 'राम्रा ट्विट्' जुराउने सामान्य भन्दा खराब हुन्छन । (म एक एक उदाहरण र सबुद दिन सक्छु )
हामी (नेपाली) साँस्कृतिक रुपले नै अतिनै सामाजिक छौँ । त्यसमाथी अहिले बिकास भएको सोसियल मिडियाले झन बढी सामाजिक बनाएको छ । कतिपय ठाउँमा चाहिने भन्दा बढी दयालु बनाएको छ । पहिले कोही मर्दा आफन्त मात्र रुने ठाउँमा शब्दजाल सहित् अप्लोड हुने फोटोले सबैलाई रुवाएको छ। सामान्य घाऊ लागेको मान्छेले लाखको सान्त्वना र कामना सहित् करोडको उपचार् खर्च पाएको छ । तर हामीले आँफैले आँफैलाई एक पटक सोध्न समय पाएका छैनौँ, यो ठीक हो कि हैन भनेर !
हुन त घाँटी हेरी हाड निल्नु हो । हाम्रो औकात अनुसारकै गरेका हौँ । विश्व उत्तर आधुनिक काल पार गर्दै छ । हामी कहाँ छौँ ? 'आफ्नै दुनियाँमा' ।
हामीले सामाजिक सन्जाललाई यती सम्म दुरुपयोग गरेका छौँ कि ! हामी आँफै साँघुरिँदै गएका छौँ । हामीलाई हाम्रा वरिपरिका ४ जनाको वाहवाहि भए पुग्छ । ट्वाइलेट् बसेको बेलामा फुरेको शब्दजाल कुनै पत्रीकाले समाचारको अभाबमा स्थान पुर्तिको लागी छापिदिँदा वरिपरिका ४ जना साथी भेला गरेर पार्टी गर्ने बहाना बन्छ । त्यै शब्दजालले हामीलाई साहित्यकार देखी विद्वान र चिन्तक बनाउँछ ।
यस् अर्थमा भन्दा : हामीले आफुलाई चिनेका छौँ, हाम्रो औकात हामी आफुलाई थाहा छ । तर अर्कालाई 'देखाउन' उद्दत छौँ । हामी नफलेको हाँगो हौँ । कहिले जबर्जस्ती नुहेको अभिनय गर्छौ, कहिले अर्कैले टुप्पो समातेर नुहाएकोमा सन्तोष र गर्व गर्छौ ।